पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा प्रा. डा. राजेशनाथ गंगोल

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा. डा. राजेशनाथ गंगोलले पाएका छन्।

सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले डा. गंगोललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

डा. गंगोल सर्जन हुन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिको पदको जिम्मेवारी डा. नरेन्द्रविक्रम गुरुङलाई दिइएको छ । उनी प्रतिष्ठानमा डिनका रुपमा कार्यरत थिए ।

डा. गुरुङ पनि सर्जन हुन् ।

पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदावधि आइतबार सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय