कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै डा.रावललाई कार्यबहाकको जिम्मेवारी दिएका हुन्।

चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सम्पन्न भएपछि डा. रावलले कार्यवाहकको जिम्मेवारी पाएका हुन्।

‘मलाई कार्यवाहक जिम्मेवारी दिइएको पत्र प्राप्त भएको छ,’ डा रावलले भने, ‘प्रतिष्ठानको विकास र विस्तारमा निरन्तर खट्नेछु।’

कर्णालीको हिमाली दुर्गम जिल्ला हुम्लामा जन्मेका डा. रावल विगत ६ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय