१९ फागुनदेखि सांसद, संसदका पदाधिकारी र कर्मचारीलाई खोप लगाइने

संघीय संसदका सांसद तथा संसदका कर्मचारीलाई यही फागुन १९ गतेदेखि कोरोना खोप लगाइने भएको छ।

संसद सचिवालयले सोमबार एक सूचना जारी गर्दै फागुन १९ गते बुधबार संघीय संसदका सांसद एवं पदाधिकारीलाई सिभिल अस्पतालमा खोप लगाउने कार्यतालिका रहेको जनाएको हो।

यस्तै, फागुन २० गते संसद सचिवालयका कर्मचारी, स्वकीय सचिव, ट्राफिक, सुररक्षाकर्मी तथा २१ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी तथा छुट व्यक्तिले खोप लगाउन सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय