वीरमा भएको अनियमितामा छानबीन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) तथा ट्रमा सेन्टरमा भएको अनियमिताविरुद्ध परेको निवेदन माथि छानविन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयले छानविन गरी प्रतिवेदन पेश गर्नका लागि प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीको संयोजकमा समित गठन गरेको हो।

जसमा वीर अस्पतालका उपसचिव दिपक घिमिरे, मन्त्रालयका शाखा अधिकृत दिपक रिजाल र ट्रमा सेन्टरका शाखा अधिकृत जुना खत्री रहेका छन्।

फागुन ५ मा वीर तथा ट्रमा सेन्टरमा भएको अनियमिता छानविन गरी दोषि उपर कारबाही गरि पाउँ भन्ने निवेदन मन्त्रालयमा पेश भएको थियो।
उक्त उजुरीको आधारमा सत्य, तथ्य छानवीनका गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

उजुरीमा वीर तथा ट्रमा नेतृत्वमा रहेका पदाधिकारीले कर्मचारी नियुक्तिमा आर्थिक अनियमिता गरेको तथा उपकरण खरिदमा कमिसनको खेल भएको उल्लेख गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय