काठमाडौंका ३५ स्थानबाट कोरोना खोप लगाइने

सरकारले फागुन २३ गतेबाट देशैभर दोस्रो चरणको कोरोना खोप अभियान सुरु गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ स्थानबाट खोप लगाउन सकिने व्यवस्था मिलाएको छ।

काठमाडौं महानगरपालिकाका १३, कागेश्वरी मनहाराका २, गोकर्णेश्वरका ३, शंकरापुरका ३, बुढानिलकण्ठका २, टाखाका २, नागार्जुनका २, तारकेश्वरका २, चन्द्रागिरीका ३, किर्तिपुरका ३ र दक्षिणकालीका २ स्थानबाट खोप दिइने छ।

यो चरणमा वृद्धवृद्धा, स्कुल तथा बैंकका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय