ज्यान जोगाउन लागे वापत स्वास्थ्यकर्मीले माफी माग्नु पर्ने?

आइतबार दिनभरी नै प्युठान अस्पताल तनावग्रस्त बन्यो। तनावग्रस्त हुनुको कारण थियो झिमरुक गाउँपालिका- ७ निवासी २४ वर्षीय अनिसा एमजीको मृत्यु हुनु।

फागुन १३ मा अनिसा डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन्। उनको डेलिभरी सफलतापूर्वक नै भयो।

अस्पतालका सूचना अधिकारी खिम पार्देका अनुसार अप्रेसन गरेको दुई दिनपछि पेटमा समस्या देखिन थाल्यो। उनको पेट सुन्निदै गयो।

१५ गते अनिसाको अल्ट्रासाउन्ड गरियो। अल्ट्रासाउन्डमा पेटभित्र रगत जमेको देखियो।

रगत जमेको पाइएपछि आफन्तहरूको सहमतिमा फेरी उनको पेटको अप्रेसन गरिएको सूचना अधिकारी पार्दे बताउँछन्।

रि अप्रेसन गर्दा उनको स्वास्थ्यवस्था थप जटिल बन्यो। भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने भएपछि अस्पतालले बुटवल रेफर गरेको पार्देले बताए।

तर, बुटवल लैजादै गर्दा १६ गते बिहान सवा पाँच बजेतिर अनिसाको मृत्यु भयो।

उनको उपचारमा डा. सुनिल सुनार र डा. शिशिर कुवरको टोली खटिएको थियो।

अनिसाको मृत्यु भइसकेपछि आफन्तले शब अस्पतालमै फिर्ता ल्याएर आन्दोलन गरे। चिकित्सकको लापरबाहीले अनिसाको ज्यान गएको आफन्तको आरोप छ।

तर, अस्पतालका चिकित्सकहरू आफूहरूको कुनै लापरबाही नभएको बताउँछन्। ‘कुनै पनि स्वास्थ्यकर्मीको उदेश्य ज्यान जोगाउने हुन्छ। ज्यान लिने होइन। हामीले उनलाई बचाउनका लागि सक्दो प्रयास गरेका हौं। तर, अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने देखिएपछि रेफर गरेका हौं’, उनले भने।

दिउसो अस्पताल परीसरमा बिरामीका आफन्त आए। सरोकारबाला निकायहरूबीच छलफल भइरहेको थियो। आएको हुलले चिकित्सकहरूमाथी अपशब्द प्रयोग गर्यो। र, सबैको सामू माफी माग्नुपर्ने भन्यो।

‘नानाथरी गाली गरे। सबैको सामू माफी माग्नुपर्छ भने’, उनले भने, ‘डाक्टरले हामीले ज्यान जोगाउन खोज्दा खोज्दै माफी माग्नुपर्छ भने हामी माफी माग्छौं भन्नु भयो। यसले स्वास्थ्यकर्मीमा असुरक्षा थपिएको छ।’

अस्पतालले स्वास्थ्यकर्मीमाथी असुरक्षा बढ्नुका साथै दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेक सेवा ठप्प पारेका छ।

अस्पतालका कर्मचारीले सबै जिम्मेवार निकायले कर्मचारीको सुरक्षा गर्न नसकेकाले आत्मालोचना गर्दै लिखित माफि माग्नु पर्ने र भविश्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेका छन्। आफूहरूका माग सम्बोधन नभए सेवा सुचारु नगर्ने उनीहरूको चेतावनी छ।

आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच आइतबार छलफल भए पनि आज यो समाचार तयार पार्दासम्म कुनै छलफल हुन सकेको छैन।

र यो पनि,

प्युठान अस्पतालका स्वास्थ्यकर्मीलाई माफी माग्न लगाइयो, स्वास्थ्यकर्मी आन्दोलित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय