प्युठान अस्पतालका स्वास्थ्यकर्मीलाई माफी माग्न लगाइयो, स्वास्थ्यकर्मी आन्दोलित

प्युठान अस्पतालका स्वास्थ्यकर्मीले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेक सेवा ठप्प पारेका छन्।

जिल्लाको झिमरुक गाउँपालिका- ७ निवासी २४ वर्षीय अनिसा एमजीको उपचारपछि रेफर गरिएको अवस्थामा आइतबार बिहान बिरामीको बाटैमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका थिए।

सफल डेलिभरी गरिएकी एमजीको स्वास्थ्यमा दुई दिनपछि समस्या देखिएपछि दोस्रो अप्रेसन गरिएको थियो। त्यसपछि पनि स्वास्थ्य गम्भीर बन्दै गएपछि अस्पतालले रेफर गरेको जनाएको छ।

उनलाई प्युठानबाट बुटवल लैजादैगर्दा बाटैमा मृत्यु भएको थियो।

आक्रोसित भेलाले चिकित्सकहरूलाई माफि माग्न लगाएपछि उनीहरू त्रसित बनेको अस्पतालका सूचना अधिकारी खिम पार्देले बताए।

उनले सबै जिम्मेवार निकायले कर्मचारीको सुरक्षा गर्न नसकेकाले आत्मालोचना गर्दै लिखित माफि माग्नु पर्ने र भविश्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय