भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोनाको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कारोनाविरुद्धको खोप लगाएका छन्। उनले आज बिहानै कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका हुन्।

भारतमा आजबाट कोरोनाविरुद्धको भ्याक्सिन कार्यक्रमअन्तर्गत दोस्रो चरण सुरु भएको छ। त्यसैअवसरमा मोदी दिल्लीस्थित एम्स अस्पताल पुगेर कोभ्याक्सिनको खोप लगाएका हुन्।

खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको लडाईंमा साथ दिन भारत सरकारको खोप कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरे। उनले भारतलाई कोरोनामुक्त बनाउन पनि आह्वान गरे। कोरोनाविरुद्धको खोप यति चाँडै बजारमा ल्याउन सहयोग गरेका डाक्टर र वैज्ञानिकको उनले प्रसंसा पनि गरे।

भारतमा आजदेखि सुरु भएको दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत वृद्धवृद्धा र ४५ वर्षमाथिका गम्भीर रोगबाट पीडितलाई खोप लगाइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय