पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले निष्कर्ष निकालेका छन्।

नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भएको परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको भट्टराईले जनाएका छन्। उनको बायोप्सी, इन्डोक्राइन अल्ट्रासाउण्ड, पेट सिटी स्क्यानलगायतका परीक्षण गरिएको थियो।

उनले ट्विटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्य परीक्षण पूरा भएको छ। डाक्टरहरूका अनुसार मेरो पेटमा देखिएको ट्युमरमा क्यान्सर छैन।

स्वास्थ्यबारे चासोरशुभेच्छा व्यक्त गर्नुहुने सबैलाई र विशेषतस् डाक्टरहरू भारतका बिक्रम भाटिया, टिके चटर्जी र नेपालका निरज जोशी, सुवोध अधिकारी, बुलन्द थापा, लोचन कार्की, अजित खनाललाई धन्यवाद।’

देखिएको ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुनसक्ने चिकित्सकहरुले सचेत गराएको उनले जनाएका छन्।

भट्टराई फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्केछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय