चिकित्सक परामर्श शुल्क चैत्र १ देखि बढाउने

एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)ले चिकित्सक परामर्श शुल्क चैत्र १ गते देखि कार्यन्वयन गर्न अनुरोध गरेको छ।

अफिनले एक विज्ञप्ती जारी गर्दै फागुन मसान्तसम्म पनि शुल्क निर्धारण सम्बन्धी कुनै पहल नभएमा चैत्र १ गते हाल सालै सार्वजानिक भएको शुल्क लिन अनुरोध गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परामर्श शुल्कको विषयमा कुनै छलफल नभएको अफिनले जनाएको छ।

मन्त्रालयलाई यस सम्बन्धमा निष्कर्षमा पुग्ने गरी छिट्टै वार्ता गर्न समेत अनुरोध गरेको छ।

फागुन ४ मा नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्पीति दर तथा शुल्क निर्धारण समितको सिफारिसलाई नै आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको थियो।

जसअनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ३७० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।

यस्तै, डिप्लोमा चिकित्सकहरु ५वर्ष अनुभव भएकाले ५१५ र त्यसभन्दा बढीअनुभव भएकाहरुले ५९० शुल्क लिन पाउनेछन्।

यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ६६० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ७०० रुपैयाँ शुल्क लिन पाउनेछन्।

डीएम तथा एमसिएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत् ७७० रुपैयाँ लिन पाउनेछन्।

डीएम तथा एमसिएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ८२५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय