सुमधुर सम्बन्ध जीवनको खुसी!

कुनै पनि सम्बन्ध प्रफेक्ट हुँदैन भन्ने होइन। तर, केही मानिसको सानातिना कुरामा पनि सम्बन्ध बिग्रीरहेको हुन्छ।

सम्बन्ध बिग्रीदा मानिसमा तनाव पैदा हुन्छ। तनावले स्वास्थ्यमा क्षति पुर्‍याउँछ। मानिस खुशी हुनसक्दैन। त्यसैले सम्बन्धलाई सधै खुसी बनाइराख्नुपर्छ।

सम्बन्ध बिग्रीदा मानिस ससानो कुरामा पनि झर्किने रिसाउने गर्छ। संका बढ्दै जान्छ। जसले दुरी बढाउँदै लैजाने जोखिम पनि हुन्छ।

हामीले सुमधुर सम्बन्ध बनाउनका लागि एकअर्को सधै ख्याल गर्नुपर्छ। सम्बन्ध पुरानो हुँदै गर्दा हाम्रो ख्याल गर्ने बानी घट्दै जान्छ। यसरी सम्बन्धमा दरार आउनसक्छ।

यस्तो अवस्थामा सानोसानो कुरामा पनि झर्किने र आफ्नो कुरालाई सहि ठान्ने बानी हावि हुँदै जान्छ। यस्तो अवस्थामा क्रोधित भएर समस्या समाधान हुँदैन। कुन कारणले हाम्रो समस्यामा दरार पैदा भइरहेको छ भन्ने बुझेर सम्बन्धलाई सुमधुर बनाउनतिर लाग्नुपर्छ।

यस्तै एकअर्काका कमजोरी खोज्नु हुँदैन। सम्बन्धा शंका गर्नु हुँदैन। यस्तो गर्दा पार्टनरके बीचमा असहमती बढ्दै जान्छ। संका र कमजोरी खोज्ने बानीले सम्बन्ध भताभुंग गरिदिनसक्छ।

यसले सम्बन्ध मात्र बिग्रीदैन। एकअर्काको चियोचर्चो गर्दैमा धेरै समय बित्नसक्छ। पार्टनरको कुनै कुरा मन परिरहेको छैन भने सम्झाइबुझाइ गर्नुपर्छ। तर, संका गर्ने वा झर्किने गर्नु हुँदैन।

एकअर्कालाई दोष थुपार्ने बानीले पनि सम्बन्ध बिग्रीन सक्छ। सानोतिनो गल्ती हुँदा पनि पार्टनरलाई नै दोषि देख्ने बानीले सम्बन्ध बिग्रीने जोखिम हुन्छ। त्यसैले दिमागमा धेरै बेरसम्म आपसमा ऋष साचिराख्नु हुँदैन।

सम्बन्धलाई सुमधुर बनाउन जीवनमा बिताएका मिठामिठा पलको स्मरण गर्नुपर्छ। समय निकालेर कहिलेकाही घुम्न जानुपर्छ। मिठामिठा कुरा गर्नुपर्छ। राम्रा योजना बनाउनुपर्छ। एकअर्कालाई सहयोग गर्नुपर्छ। यस्तो सुमधुर सम्बन्धले जीवनमा खुसी नै खुसी पैदा गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय