स्वास्थ्यका कर्मचारी समायोजनको निवेदन दिने अवधि थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन तथा मिलान सम्बन्धी समयावधि थप गरेको छ।

एक सूचना जारी गर्दै मन्त्रालयले कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड २०७७ मा भएको व्यवस्था बमोजिम फागुन १ देखि १६ गतेसम्म निवेदन माग गरिएकोमा १४ दिन समय थप गरिएको हो।

पहिलो पटक जारी गरिएको समयावधी आज सकिँदैछ। नेपाल ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघले लगायत स्वास्थ्यकर्मीका संघसंस्था निवेदनका लागि समय अभाव भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

मन्त्रालयले एकै व्यत्तिले पटक-पटक अनलाइनमार्फत निवेदन पेश गर्ने गरेकोमा आवश्यक कागजात पुरा गरि एक पटक मात्रै निवेदन पेस गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय