कांग्रेस नेता जोशी स्वास्थ्यमा सुधार हुँदै
मस्तिष्काघात भएर नर्भिक अस्पताल भर्ना भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्थामा सुधार देखिएको छ।
उनको उपचारमा संलग्न न्यूरो विशेषाज्ञ डा. राजीव झाका अनुसार स्वास्थ्यमा थोरै सुधार देखिएको हो। उनको शरीरको दायापट्टीको भाग थोरै चलेको उनले बताए।
‘दाया साइडमा हिजो अलिअलि मुभमेन्ट थियो। त्यो आज बढेको छ। आज हातखुट्टा चल्ने अली बढी देखिएको छ। तर, खतरामुक्त भइसकेको छैन’, उनले भने।
जोशीलाई मस्तिष्कघात भएको छ। उनको मस्तिष्कमा जमेको रगत र पानी चिकित्सकको टोलीले झिकिसकेको छ। जोशीको नर्भिकको भेन्टिलेटरमा उपचार भइरहेको छ।