नेपाल स्वास्थ्यकर्मी संघले भन्यो- कर्मचारी समायोजन कार्यविधि त्रुटीपूर्ण

नेपाल ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघले सरकारको स्वास्थ्यकर्मी समायोजन कार्यविधिप्रति असन्तुष्टि जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको कर्मचारी समायोजन, संशोधन र मिलान कार्यविधि २०७७ प्रति संघले गम्भीर ध्याकर्षण भएको जनाएको हो।

कोरोनाविरुद्धको महाअभियानमा जुटिरहेका स्वास्थ्यकर्मीहरूको मनोभाव बिचलित हुनेगरी कार्यविधि ल्याइएको भन्दै संघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ।

मन्त्रालय र स्वास्थ्यमा आवद्ध विभिन्न संघ बीच फागुन ४ मा भएको सम्झौता गर्यान्वयन गर्न संघको माग छ।

समायोजनका लागि ४ हजार निवेदन दर्ता भइसकेको अवस्थामा पुन: निवेदन माग गर्नु मन्त्रालयको प्रशासनिक त्रुटी भएको उसको आरोप छ।

‘हाल जारी गरिएको कार्यविधिमा अनुसूची १ र २ मा व्यवस्था गरिएको गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासशीय अधिकृतले संयुक्त दस्तखत गर्ने कार्य विश्वव्यापी प्रशासनिक व्यवस्थासँग नमिल्दो र व्यवहारिक रूपमा झन्जटिलो रहेकाले उक्त अनुसूची संशोधन गरी प्रमुख प्रशासकिय अधिकृतको मात्रै दस्तखत हुने व्यस्था गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्यकर्मी कोरोना खोपमा जुटिरहेको समयमा दिवेदनको समय सिमा कम भएकाले बढाउनुपर्ने उनीहरूको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय