रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’

डा. शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा निधन भएको छ। आधा शताब्दी बढी नि:शुल्क मेडिकल सेवा दिने चिकित्सक डा. उप्रेतीको शनिबार राति निधन भएको हो।

उप्रेती प्रजातन्त्र पुनस्स्थापनापछि नेपाली कांग्रेसकातर्फबाट राष्ट्रिय सभा सदस्यसमेत बनेका थिए।

उप्रेतीले आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्राको बारे उल्लेख गरेका छन्।

उनले भारतको कानपुरबाट २०१७ सालमा एमबिबिएस पढाइ पूरा गरेका थिए।

साहित्यकार कृष्ण धराबासीका अनुसार आइतबार बिहान ८ः३० बजे पशुपति आर्यधाटमा उप्रेतीको दाहसंस्कार गरिएको छ।

‘डा. सञ्जीव उप्रेतीलाई पितृशोक। फेरि एउटा जीवन इतिहासको पानामा पुगेर टाँसियो। परम श्रद्धेय डा.शंकरप्रसाद उप्रेती अब भौतिक शरीरमा रहनु भएन।

हिजो राति ११ बजे उहाँको निधन भएको छ। आज बिहान ८ः३० वजे पशुपति आर्यधाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेकाले सबै आफन्त शुभचिन्तकहरूमा अनुरोध गर्दछु,’ साहित्यकार सामाजिक  सञ्जालमा  धराबासीले लेखेका छन्।

उनलाई झापा जिल्लामा ‘आदर्श डाक्टर बा’ का उपनामले पनि चिनिन्छ।

स्व. उप्रेतीको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिएको छ।

 

 

One thought on “रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’

  1. बैकुण्ठ माँ बास मिलोस सोक सन्तप्त परिवार लाई धैर्य धारण गर्ने सक्ति दोल्खा भिमेस्वर ले प्रदान गरून 🕉🌹🙏🌞❤️🇳🇵👍🏽🆗

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय