एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति

जोनसन एण्ड जोनसनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा स्वीकृति पाएको छ। अमेरिकाको औषधि नियामक संस्था एफडिएले खोपलाई प्रयोग स्वीकृति दिएको हो। योसँगै अमेरिकामा अनुमति पाउने यो कोरोनाविरुद्धको तेस्रो खोप भएको छ।

भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश पनि बनेको छ। अमेरिकामा फाइजर र मोडेर्नाको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा यसले स्वीकृति पाएको हो।

यो खोपको खास विशेषता भनेको यसको एकमात्रा मात्रै लगाएपनि पुग्छ र, जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिन्छ। यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुने बताइएको छ। तर, खोपको मूल्यबारे भने जानकारी दिइएको छैन।

यसअघि परीक्षणका क्रममा यो खोपको एकमात्रा पनि सुरक्षित र प्रभावकारी पाइएको एफडिएले जनाएको थियो। कम्पनीले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। नतिजाको विवरणमा उक्त खोप उच्च प्रभावकारी भएको देखाइएको थियो।

अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा परिणाममा प्रभावकारी देखिएपनि नयाँ प्रकारको भाइरसमा यसको प्रभावकारीता केही कम पाइएको थियो। खोप ८५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। तर समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय