कलेजो स्वस्थ राख्न खानुस् यस्ता कुरा
स्वस्थ जीवनका लागि स्वस्थ कलेजो आवश्यक छ। कलेजोमा समस्या हुँदा थुप्रै समस्याको सामना गर्नुपर्ने हुनसक्छ।
कलेजोलाई स्वस्थ राख्नका लागि विशेष ध्यान दिनुपर्छ। कलेजो स्वस्थ राख्नका लागि विभिन्न पोषणयुक्त खानेकुरामा ध्यान दिनुपर्छ।
कलेजोका लागि मेवा निकै लाभदायक हुन्छ। कलेजो सम्बन्धि कुनै समस्या भए मेवा खानुपर्छ। मेवा खाँदा कलेजो सम्बन्धी रोग लाग्नबाट जोगिन सकिन्छ।
अमला पनि कलेजो स्वस्थ राख्नका लागि लाभदायक फल हो। अमलामा भिटामिन सी हुन्छ। यसको सेवनले इम्युनिटी पावर बढ्छ। कलेजो सम्बन्धी समस्या भए नियमित अमलाको सेवन गर्नुपर्छ।
यस्तै गाजर पनि कलेजोका लागि निकै लाभदायक हुन्छ। कलेजो स्वस्थ राख्नका लागि हामिले नियमित रूपमा डाइटमा गाजरको सेवन गर्नुपर्छ। गाजरको सेवन गर्दा हामी अन्य थुप्रै रोगबाट जोगिन सक्छौं।
अंगुर पनि कलेजोका लागि लाभदायक फल हो। त्यसैले डाइटमा अंगुर नियमित रूपमा खानु राम्रो हुन्छ। अंगुरमा एन्टिअक्सिडेन्टस पाइन्छ। जो कलेजोसँग सम्बन्धित रोगबाट जोगाउँछ।