स्वास्थ्यका ६ उपसचिवको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका कार्यालयमा रहेका ६ उपसचिवको सरुवा तथा जिम्मेवारी हेरफेर गरिएको छ।

मन्त्रालयमा नयाँ उपसचिवको पदस्थापन हुनुका साथै केहीको जिम्मेवारी हेरफेर गरिएको छ।

मन्त्रालयको कर्मचारी प्रशासनमा रहेका उपसचिव प्रमोद सिंखडालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। उनको स्थानमा नयाँ उपसचिव बाबुराम घिमिरे आएका छन्।

आन्तरिक प्रशासनमा राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत भानुभक्त न्यौपानेलाई ल्याइएको छ। आन्तरिकमा रहेका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रको जिम्मेवारी दिइएको छ।

नीति योजनाका तारानाथ लुईटेललाई हटाएर उनको स्थानमा प्रकाश आचार्यलाई जिम्मा दिइएको छ। मन्त्रालयमा रिक्त रहेको जेसी इकाईमा रोशनी कार्कीलाई ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय