‘नेता जोशीको अवस्था अझै चिन्ता जनक’

मस्तिष्काघात भएर नर्भिक अस्पतालमा भर्ना भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था अझै गम्भीर छ।

उनको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संलग्न न्यूरो विशेषाज्ञ डा. राजीव झाले बताए।

‘बिहान हामीले उहाँको स्वास्थ्यवस्था बुझेका थियौं। बाँया साइड पुरै प्यारालाइसिस भइसकेको छ। राइट साइड अलिअलि चलिरहेको छ’, उनले भने।

उनले हिजोभन्दा उनको शरीरमा कुनै सुधार नआएको बताए। जोशीको शुक्रबारबाट नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

जोशीलाई मस्तिष्कघात भएको छ। उनको मस्तिष्कमा जमेको रगत र पानी चिकित्सकको टोलीले झिकिसकेको छ। जोशीको नर्भिकको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय