नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी, विभाग भन्छ– बिरामीको ज्यान तलमाथि भए जन्मकैद हुन्छ

नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ। विभिन्न नाम चलेका कम्पनीले समेत गुणस्तरहीन औषधि उत्पादन गर्ने गरेको पाइएको छ। औषधि व्यवस्था विभागले ७ कम्पनीका ८ प्रकारका औषधिलाई शुक्रबार प्रतिबन्ध लगाएसँगै गुणस्तरहीन औषधिको सञ्जाल देशव्यापी रहेको खुलासा भएको हो।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार बजार अनुगमनका क्रममा ७ कम्पनीका आठ प्रकारका औषधि गुणस्तरहीन पाइएका हुन्।

यसअघि फाट्टफुट्ट रुपमा गुणस्तरहीन औषधि फेला पर्ने गरेको भएपनि यति ठूलो संख्यामा त्यस्ता औषधि भेटिएको पहिलोपटक हो। ‘कहिलेकाही सानोतिनो संख्यामा गुणस्तरहीन औषधि पाइने भए पनि यसरी भेटिएको यो अहिलेसम्मकै ठूलो हो,’ उनले भने।

उनले त्यस्ता औषधि उत्पादन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने बताए। ‘हामीले गुणस्तरहीन औषधि तुरुन्त बजारबाट फिर्ता गराउँछौं। उत्पादन भएको कति र बजारबाट फिर्ता हुन कति छ भनेर पनि हामीले कम्पनीमा अनुगमन गरिरहेका हुन्छौं’, उनी भन्छन्।

उनले पहिलो चरणमा म्याद नाघेका औषधि बजारबाट फिर्ता गराएर आगामी दिनमा यस्तो गल्ती नगर्न चेतावनी दिनेगरेको बताए। ‘हामी नियमित रूपमा बजार अनुगमन गरिरहेका हुन्छौं,’ उनले भने, ‘फेरि गल्ती नगर्न आग्रह गर्दागर्दै अटेरी गरे जरिवाना गर्छौं। कसैको ज्यानलाई खतरा भयो वा मृत्यु भयो भने जन्मकैदसम्मको व्यवस्था छ’, उनले भने।

यस्ता औषधिले मान्छेको शरीरमा निकै असर गर्ने उनी बताउँछन्। ‘यस्ता औषधिल्े शरीरमा काम गर्दैनन्, पाचन पनि हुँदैन’, उनले भने। त्यस्ता औषधिले शरीरमा काम नगर्ने उनी बताउँछन्। औषधिले कामै नगरेपछि रोग झनै बल्झिने उनले बताए।

औषधिले काम नगर्ने अवस्था आए मधुमेह, मिर्गौला, हाइपरटेन्सनका बिरामीको अवस्था गम्भीर हुने उनी बताउँछन्। त्यसैले औषधि उत्पादक कम्पनीले मानव स्वास्थ्य भन्दा ठूलो केही होइन भन्ने किसिमले औषधि उत्पादन गर्नुपर्ने उनले बताए।

विभागले शुक्रबार प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन औषधि वितरणमा रोक लगाएको छ। यस्तै, भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन औषधि, सिटीएल फर्मास्युटिकल भक्तपुरको लेपिलेज९१००, म्याग्नुस फर्मा बाराको आइरोगोनल–२०० र एमटेक मेडले काठमाडौंले‌ उत्पादन गरेको आइनक्सको बिक्री वितरणमा रोक लगाइएको छ।

बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान ९२०० को बिक्रीमा पनि रोक लगाइएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय