विराट अस्पतालमा पहिलो पटक स्टेप्लर प्रविधिद्वारा पायल्सको सफल उपचार
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पहिलो पटक स्टेप्लर प्रविधिद्वारा पायल्सको सफल उपचार भएको छ।
इटहरी निवासी ३२ वर्षीया रूपा सुवेदीको सफल उपचार भएको अस्पताल प्रशासनले जनाएको छ।
उनको जनरल एण्ड ल्याप्रोस्कोपीक सर्जरी टिमले उपचार गरेको हो।
स्पेप्लर प्रविधिबाट पायल्सको उपचार गराउँदा रोग दोहोरिने सम्भावना नहुने चिकित्सक बताउँछन्।
यस प्रविधिबाट उपचार गर्दा रक्तश्राव नहुने, दुखाई कम हुने र अस्पतालबाट छिट्टै डिस्चार्ज गर्न सकिने सकिने भएका कारण प्रभावकारी भएको जनरल एण्ड ल्याप्रोस्कोपीक सर्जरी विभागका बताउँछन्।