कांग्रेस नेता जोशीको अवस्था अत्यन्त नाजुक, ३:२० मा अस्पतालको पत्रकार सम्मेलन

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यवस्था गम्भीर बन्दै गएको छ।

उनको अहिले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।

जोशीलाई बिहीबार राति स्वास्थ्यमा समस्या देखिएसँगै अस्पताल पु-याइएको थियो।

उनलाई मस्तिष्कघात भएको छ। हाल उनको भेन्टिलेटरमा उपचार अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका डेपुडी डाइरेक्टर विप्लब सापकोटाका अनुसार जोशीको अवस्था अत्यन्तै नाजुक छ।

‘उहाँलाई मस्तिष्कघात भएको हो। मस्तिष्कमा भएको रगत झिकेका छौ,’ सापकोटाले भने, ‘रगत पास भइरहेको छ। भेन्टिलेटरमा उपचार भइरहेको छ।’

मस्तिष्क घात भएको ४८ घन्टासम्म बिरामीको होस फर्किने आसा हुने उनले बताए।

उनको उपचार न्यूरो विशेषज्ञ डा. राजीव झाको टिमले गरिरहेको छ।

उनको स्वास्थ्यवस्था थप जानकारीकाे लागि अस्पतालले  ३ :२० मा अस्पतालको पत्रकार सम्मेलन राखेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय