कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, स्वास्थ्यवस्था गम्भीर
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।
बिहीबार राति शरीरको देब्रेपट्टिमा समस्या देखिएलगत्तै उनलाई वीर अस्पताल लगिएको थियो।
वीरबाट जोशीलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको पारीवारीक स्रोतले बताएको छ।
नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको बताइएको छ। उनको शल्यक्रियाको तयारी भइरहेको अस्तपताल स्रोतले जानकारी दिएको छ।
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछुं l