होटेलमा मृत भेटिएकी महिलाको सुसाइड नोट : डाक्टरसँग ‘लिभिङ टुगेदर’

हेल्थपोस्ट नेपाल

जनकपुरको नमस्कार होटेलमा झुण्डिएको अवस्थामा भेटिएकी एक महिलाको सुसाइड नोटमा डाक्टरको नाम उल्लेख भएको पाइएको छ।

शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ नमस्कार होटेलमा झुण्डिएको अवस्थामा मृत्त फेला परेकी सरमिस्टा पोखरेलले ती डाक्टरले आफूलाई आत्महत्या गर्न बाध्य पारेको नोटमा उल्लेख गरेकी छिन्।

घटनास्थलबाट बरामद भएकोे सुसाईड नोटमा उनले डा. राहुल पाण्डेको कारणले आत्महत्या गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) प्रकाश रानाभाटले सुसाईड नोटमा डाक्टरको नाम उल्लेख गरिएको पुष्टि गरे।

‘मृत्तकको कोठामा भेटिएको नोटमा डाक्टरको नाम उल्लेख गरिएको छ,’ रानाभाटले हेल्थपोस्टसँग भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

प्रहरीले बरामद गरेको सुसाईड  नोटमा डा. पाण्डेसँग विगत २ वर्षदेखि लिविंग रिलेशनसिपमा बस्दै आएको उल्लेख गरिएको छ।

काठमाडौंको नयाँ बानेश्वरको पंचेश्वरी स्थित होस्टेल सञ्चालन गरेर व्यवसाय गर्दै आएकी थिइन।

उनका दुई सन्तान छन्।

केही वर्ष यता आफ्नो श्रीमान सँग राम्रो सम्बन्ध नरहेको कारण उनी काठमाडौंमा एक्लै बस्दै आइरहेकी अवस्थामा डा. पाण्डेसँग होस्टेलमै प्रेम सम्बन्ध भएको पाइएको छ।

‘शवको पोस्टमार्टम भइसकेको छ। पीडित पक्षले जाहेरी हालसम्म आएको छैन,’ रानाभाटले भने, ‘जाहेरी आएपछि अनुसन्धान सुरू हुन्छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *