औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत घुसहित प्रक्राउ

औषधि व्यवस्था विभाग विराटनगरका एक अधिकृत घुसहित पक्राउ परेका छन्।

विभागका फार्मेसी अधिकृत सरोज सुवेदी बिहीबार घुससहित पक्राउ परेका हुन्।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता नारायाण प्रसाद रिजालले बताए।

‘सेवाग्राही सँग घुस मागेको सूचना हामीले पाएका थियौँ,’ रिजालले हेल्थपोस्टसँग भने,’ उहाँलाई अख्तियार टोली दिँउसो घुस रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो।’

मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय