कोरोनाबाट मृत्यु हुने संख्या थपेको थपै सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) संक्रमणबाट हुनेको संख्या पुन सञ्चाएको छ। मृत्यु हुनेको संख्यामा बिहिबार थप ८४ जना थप गरिएको छ।

यसअघि सरकारलाई कोरोनाबाट हुने वास्तविक संख्या लुकाउँदै आएको आरोप लागेको थियो।

बिहिबार थप एक जना मात्र कोरोनाका मृत्यु भएको हो।

बुधबार पनि मन्त्रालयले ६ सय १९ जना मृत्यु संख्या थप गरेको थियो।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २ हजार ७ सय ६७ पुगेको छ।

मन्त्रालयको अनुसार यो थप भएको संख्या घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो।

विगतका दिनमा नेपाली सेनाले कोरोना शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेको थियो।

सो तथ्यांक एकनास बनाउनको लागि सरकारले समिति नै गठन गरी अध्ययन गरेको थियो।

तथ्यांकलाई एकरूपता दिनको लागि मन्त्रालयले सो संख्या थप गरिएको मन्त्रालयले जनाएको छ।

‘कोरोनाबाट मृत्यु हुने संख्या सिसिएमसि र मन्त्रालयको बीच फरक परिरहेको थियो। हामीलाई त्यसलाई अध्ययन गरिरहेको थियौ,’ डा. गौतमले हेल्थपोस्टसँग भने, ‘त्यो अध्ययनको रिर्पोट आयो। संख्या थप भएको हो।’

थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थप भएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ८२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ। हाल ६६ जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय