जलहरीको सट्टा स्वास्थ्य उपकरण खरिदमा ध्यान खै सरकार : बाबुराम भट्टराई

स्वास्थ्य उपचारका लागि भारतको दिल्लीका रहेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले ‘सरकारले भ्यूटावर, जलहरीको सट्टा स्वास्थ्य उपकरण खरिदमा ध्यान दिएको खोई’ भन्दै प्रश्न गरेका छन्।

उनले ट्विट गर्दै अगाडि भनेका छन्, ‘नमरी स्वर्ग नदेखिने नै हो?’

भट्टराईले केही वर्षअघि स्वास्थ्य उपकरण खरिदबारे अर्थ/स्वास्थ्य मन्त्रालयमा आफुले घच्घचाए पनि सम्बोधन नभएको उल्लेख गरेका छन्।

नेपालमा आवश्यक स्वास्थ्य उपकरणको अभाव हुँदा त्यसको व्यवस्था किन गर्न सकेनौं भन्ने प्रश्नले मनमा घोचिरहेको उनले बताएका छन्।

‘दिल्लीमा DOTA-NOC,PET Scan आदि परीक्षण निम्ति चाहार्दै गर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो!

केही वर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफूले घच्घचाए पनि किन भएन? भ्यूटावर, जलहरीसट्टा यता ध्यान खै? नमरी स्वर्ग नदेखिने नै हो?’, उनले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय