भेन्टिलेटरमा रहेका डा. लाभको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला डायलाइसिसको उपचार गराइरहेका डा‌. गोविन्द कुमार लाभको उपचारका लागि सहयोगको अपिल गरिएको छ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि नेपाल चिकित्सक संघले सूचना जारी गर्दै आर्थिक सहयोगका लागि अपिल गरेको हो।

डा‌. लाभको टिचिङमा २०७६ सालदेखि उपचाररत छन्।

आर्थिक अवस्था कमजोर बन्दै गएकोले थप उपचारको लागि आर्थिक सहयोगको आवश्यकता रहेको संघले जनाएको छ।

मुटुमा समस्या देखिएपछि एन्जियोप्लाष्टि गरी मिर्गौला डायलासिस गराइरहेका उनको अवस्था थप गम्भीर भएपछि भेन्टिलेटरमा उपचार भइरहेको छ।

संघले डा. लाभको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्न चाहने व्यक्तिले लक्ष्मी बैंकको रीना सिन्हा/गोविन्द नाममा विराटनगर शाखामा रहेको खाता नम्बर ००६२४००४२९४ मा रकम जम्मा गर्न सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय