जोनसन एन्ड जोनसनको एक ‘डोज’ खोप पनि कोरोनाविरुद्ध प्रभावकारी

जोनसन एन्ड जोनसनले बनाएको कोरोना भाइरसविरुद्धको खोपको एकमात्रा पनि सुरक्षित र प्रभावकारी पाइएको छ।

अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा उक्त कम्पनीको एक डोज मात्र पनि प्रभाकारी पाइएको हो।

कम्पनीले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो।

नतिजाको विवरणमा उक्त खोप उच्च प्रभावकारी भएको देखाइएको थियो।

सम्भवत: केही दिनभित्रै अमेरिकामा यो खोपले पनि आधिकारिकता पाउने बताइएको छ।

अमेरिकामा अनुमति पाउने यो कोरोनाविरुद्धको तेस्रो खोप हुनेछ।

अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा परिणाममा प्रभावकारी देखिएपनि नयाँ प्रकारको भाइरसमा यसको प्रभावकारीता केही कम पाइएको थियो।

खोप ८५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। तर समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ।

यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय