शरीरमा यसरी बन्छ एन्टिबडी (भिडियोसहित)

नेपालमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइँदै छ।

फागुन २३ गतेबाट नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा लक्ष्यको ८५.६५ प्रतिशतले खोप लगाइसकेका छन्।

पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाइसक्दा पनि खोपप्रतिको अन्यौलता कायमै छ।

खोपप्रतिको अन्यौलता रहेको बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डाक्टर अनुप बाँस्तोलाले बेला-बेला खोप लगाउन प्रेरित हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन्।

उनले बुधबार पनि एक त्यस्तै भिडियो फेसबुकमा अपलोड गरेका छन्। उक्त भिडियोमा १२ जनाको र्‍यापिड टेस्ट गरिएको देखाइएको छ। जसमा एन्टिबडी बनेको पाइएको छ।

हेल्थपोस्टसँग कुरा गर्दै उनले १३ जना स्वास्थ्यकर्मीको र्‍यापिड टेस्ट गरिएको बताए। जसमा १ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिएनन्। र, उनमा पहिले कोरोना संक्रमण पनि भएको थिएन। उनको र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ आयो। नतिजा नेगेटिभ आयो भनेको र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटि देखियो।

कोरोनाविरुद्धको खोप लगाएका अन्य १२ जनाको र्‍यापिडमा पोजेटिभ नतिजा आयो। ती १२ जनामध्ये दुईजना कोरोना संक्रमण भएर निको भएका र कोरोनाविरुद्धको खोप पनि लगाएका स्वास्थ्यकर्मी हुन्।

डा. बाँस्तोला आरडिटी एन्टिबडी तयार  जस्तो  विश्वसनीय नभए पनि काम गरिरहेको भन्ने गतिलो प्रभाण भएको बताउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय