स्वास्थ्य मन्त्रालयको तथ्यांकमा आज कोरोनाबाट ६१९ मृत्यु, के हो वास्तविकता ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ सय १९ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

तर, यो पछिल्लो २४ घन्टामा नै मृत्यु भएको संख्या भने होइन।

पछिल्लो २४ घन्टामा भने संक्रमणले एक जनाको मृत्यु भएको छ।

विगतका दिनमा नेपाली सेनाले कोरोना शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेको थियो।

सो तथ्यांक एकनास बनाउनको लागि सरकारले समिति नै गठन गरी अध्ययन गरेको थियो।

तथ्यांकलाई एकरूपता दिनको लागि मन्त्रालयले आज ६ सय १८ जनाको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘कोरोनाबाट मृत्यु हुने संख्या सिसिएमसि र मन्त्रालयको बीच फरक परिरहेको थियो। हामीलाई त्यसलाई अध्ययन गरिरहेको थियौ,’ डा. गौतमले हेल्थपोस्टसँग भने, ‘त्यो अध्ययनको रिर्पोट आयो। संख्या थप भएको हो।’

उनका अनुसार यो तथ्यांक घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृत्यु संख्या कम रिर्पोट भएको उनले बताए।

‘पुस भन्दा पछाडीको दुवै तर्फ समवन्य गरेर तथ्यांक रिर्पोट गर्दै आएका थियौँ,’ उनले भने, ‘यो संख्या पुस भन्दा अगाडीको हो।’

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना  पुष्टि भएको छ ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय