तरुण दल महामन्त्री शाही अस्पतालबाट डिस्चार्ज

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १२ गते १७:२५

नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाही अस्पतालबाट डिस्चार्ज भएका छन्।

हृदयघातपछि काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत शाही बुधबार डिस्चार्ज भएका हुन्।

डिस्चार्ज हुँदै गर्दा उनले आफ्नो उपचारमा खटिएको डा. चन्द्रमणि पौडेल नेतृत्वको टोलीप्रति आधार व्यक्त गरे।

उनका भाइ मोहन शाहीले अस्पताल प्रशासनदेखि डाक्टर, नर्सहरूले एकदमै राम्रो व्यवहार गरेको र अस्पतालको सेवाबाट आफूहरू निकै खुशी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय