भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटुको ओपन शल्यक्रिया सुरु

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ फागुन १२ गते १७:०८

भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (पहिलेको मानव अंग प्रत्यारोपण केन्द्र) मा बुधबारदेखि मुटुको ओपन शल्यक्रिया सुरु गरेको छ। कोरोनाका कारण बन्द रहेको शल्यक्रिय पुनः सुरु गरिएको हो।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. प्रेमराज ज्ञवालीले कोरोनाका कारण सल्यक्रिय बन्द रहेकोमा आजबाट पुन: सुचारु गरिएको बताएका हुन्।

उनले हालसम्म १२ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको बताए। केन्द्रमा पछिल्लो तीन महिनादेखि मुटुको इन्टरभेन्सनल शल्यक्रिया (जस्तै मुटुको एन्जियोग्राम, स्ट्यान्डिङ जस्ता शल्यक्रिया) लगातार भैरहेको ज्ञवालीले बताए।

बुधबार गरिएको मुटुको ओपन शल्यक्रियामा केन्द्रका कार्डियोथोरासिक तथा भास्कुलर विभागका शल्य चिकित्सकहरू डा. सम्पूर्णमान तुलाधर, डा. संजित शाह, डा. रीचा जोशीसहभागी थिए। प्रा. डा. ज्योतिन्द्र शर्मा, डा. मुरारी उप्रेती र पर्फ्युजनिस्ट महेन्द्र भट्टको टीमको सहयोगमा अप्रेशन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय