डा. गोविन्द केसीको सत्याग्रह स्थगित

चिकित्साशास्त्रका अभियान्ता डा. गोविन्द केसीले देशलाई प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको बताएका छन्।

बुधबारदेखि संसद पुनःस्थापनाका माग गर्दै सत्याग्रह गर्ने निर्णय गरेका डा. केसीले मंगलवार नै सर्वोच्च अदालतले संसद पुनःस्थापना फैसला आएपछि सत्याग्रह स्थगित गरेका हुन्।

नागरिकको अपेक्षा अनुसार नै न्यायलयबाट फैसला आएको छ। डा. केसीले भने,‘ नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं।’

विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म आफ्नो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहन बताएका छन्।

पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन।

राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए, ती तत्काल सच्चिनुपर्छ, डा.केसीले भनेका छन, ‘संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मूल्य चुकाउनुपर्छ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि हामीले जति पनि माग राख्दै आएका छौं। विगतमा आफूसँग सररकाले गरेको सम्झौता सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य हुने छ। केसीले नेकपा र नेपाली काँग्रेसलगायत प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय