चिकित्सकलाई तत्काल मेरिट सूचीबाट नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पिजीतर्फका मेरिट सूचीबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ।

६ जना चिकित्सकले चिकित्सा शिक्षा आयोगको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै फागुन ९ गते आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

श्रीकुमार रेग्मी को इजलासले फागुन १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। फैसलामा अहिलेलाई मेरिट लिस्टबाट नहटाउन आदेश दिइएको छ।

दुर्गममा काम गरेको भन्दै गतल विवरण पेसी गर्ने परीक्षार्थीलाई मेरिट सूचीबाट चिकित्सा शिक्षा आयोगले हटाएको थियो।

दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अंकमा झूटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको आयोगको ठहर छ।

तर, उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरू अर्जुन पौडेल, कमल भण्डारी, लोचन श्रेष्ठ, विशालचन्द्र सुवेदी, दिव्या नेपाल र आविस्कार सुवेदीले सर्वोच्चमा रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय