पहिलो चरणमा लक्ष्यको ८५.६५ प्रतिशतले लगाए खोप
कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जनाले लगाएका छन्।
स्वास्थ्य सेवा विभागले ५ लाख ७ हजार ६ सय ६ जनामा खोप लक्ष्य राखेको भएपनि ४ लाख २९ हजार ७ सय ५ जनाले मात्रै खोप लगाएका छन्। जुन संख्या कूल लक्ष्यको ८५.६५ प्रतिशत हो।
गत १४ माघदेखि सुरु भएको कोभिडविरुद्धको खोप अभियान सुरू भएको थियो।
विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहका अनुसार पहिलो प्राथमिकताको पहिलो चरण अन्तरगर्त गत माघ १४ देखि २४ गतेसम्म १८६ खोप केन्द्रबाट १ लाख ८५ हजार ८ सय ६५ जनाले खोप पाएका थिए ।
त्यसबेला २६ माघ देखि ३० माघसम्म काठमाडौंमा थप केन्द्रहरू खोलेर पत्रकार कुटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई समेत खोप दिने व्यवस्था मिलाएको थियो। तीन केन्द्रबाट कूल ३ हजार ४ सय ८० जनाले खोप लगाएको विभागले जनाएको छ।
यसैगरी, गत फागुन २ देखि १० गतेसम्म चलेको पहिलो प्राथमिकताको दोस्रो चरणमा थप २ लाख ४० हजार ३ सय ६० जनाले खोप पााएका छन्।
आगामी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने सरकारको योजना छ।
दोस्रो चरणमा ६० वर्षमाथि उमेर समूहका व्यक्तिले खोप पाउने छन्।
खोप अभियानलाई निरन्रता दिने सरकारले २० लाख डोज खोप खरिद गरेको छ।