नास्ताको स्वाद बढाउन प्याजको चटनी
नास्तामा मानिसलाई चट्पटे खानेकुरा मनपर्छ। मानस आफ्नो नास्ता स्वादिस्ट होस भन्ने चाहन्छ। नास्तामा चटनीको प्रयोग गर्न अधिकांश मानिस रुचाउँछन्।
हामीले टमाटर, नरिवल, भ्यान्टाको चट्नी खाएर हामी सधै बोर भएका हुनसक्छौं। हामीलाई कहिलेकाही नयाँ चटनी खान मनपर्छ। त्यसो भए हामीले प्याजको चट्नी बनाएर स्वाद बदल्न सक्छौं।
प्याजको चटनी निकै स्वादिस्ट हुन्छ। प्याजको चटनी बनाउनका लागि दुई टमाटर, दुई प्याज, अदुवाको टुक्रा, सानो कचौरा भरी धनियाको पात, आधा जम्मचा जिरा, थोरै हिङ, चारदेखि पाँच टुक्रा लसुन राख्नुपर्छ।
तेल, धनीयाका दाना, दुई/तीन टुक्रा ल्वाङ, सातो खुर्सानी, चारदेखि पाँच कालिमर्च, नुन स्वादअनुसार राख्नुपर्छ।
यसलाई बनाउनका लागि पहिले धोएर टमाटरलाई काट्नुपर्छ। प्याजलाई पनि काटेर साना-साना टुक्रा बनाउनुपर्छ। त्यसपछि मिक्सरमा हरियो खुर्सानी, लसुन, अदुवा, धनियाको हरियो पात, जीरा, स्वाद अनुसार नुन र हिङ राख्नुपर्छ।
त्यसपछि प्याज र टमाटर राखेर पिस्नुपर्छ। र, एउटा भाडोमा तेल तताएर यसमा सुकेके धनीया, सुकेको खुर्सानी, ल्वाङ र कालोमर्चा फुराउनुपर्छ। त्यसपछि यसलाई तयारि अवस्थामा रहेको प्याजको चटनीमा हाल्नुपर्छ।
यसरी हामी प्याजको चटनी बनाउन सक्छौं। जुन निको स्वादिष्ट हुन्छ। र, हामीले खाजामा मजाले खान सक्छौं।