के स्तनको आकारमा फरक छ? यस्तो हुनसक्छ कारण!

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन ११ गते १७:५४

के तपाईको एक स्तनको आकार सानो र अर्कोको आकार ठूलो छ? एक अध्ययनले अधिकांश महिलाको एक स्तन सानो र एक स्तन ठूलो पाइएको देखाएको छ।

एक समय महिलामा गरिएको अध्ययनमा ८८ प्रतिशत महिलामा स्तनको आकार फरक पाइएको थियो। ति महिलाले इम्प्लान्ट प्रत्यारोपणका साथै आफ्नो ब्रेस्टको आकारमा बृद्धि गरेका थिए।

वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. जयश्री सुन्दर प्रत्यक महिलामा स्तनको आकारमा सामान्य फरक हुनु समस्या होइन। तर, केही महिलामा स्तनको आकारमा असामान्य फरक हुन्छ।

हाम्रो शरीरका अधिकांश भाग समान हँदैनन्। सामान्य अन्तर हुन्छ नै। किशोरावस्थामा शरीर भित्र हार्मोनमा परिवर्तन आउँदा स्तनको आकार बढ्न थाल्छ। यो अवस्थामा एक स्तन अर्को स्तन भन्दा पहिले बढ्ने हुनसक्छ। यस्तो अवस्थामा हामीलाई अनौठो लाग्न सक्छ। र, अरुले देखेर के भन्लान भन्ने संकोच पनि।

डा. सुन्दरका अनुसार स्तनपान गराउने महिलामा बढीजसो स्तनको आकार अन्तरको समस्या पैदा हुनसक्छ। एउटै स्थनबाट बढी दुख पिलाउँदा स्तनको आकार फरक पर्ने जोखिम हुन्छ।

दुबै स्तनको आकार बराबर बनाइराख्नका लागि महिलाले बच्चालाई दुवै स्तनबाट बराबर मात्रामा स्तनपान गराउनुपर्छ।

स्तनमा गिर्खा हुने समस्याले पिन स्तनको आकारमा फरक पार्नसक्छन्। स्तनमा गिर्खा आउने समस्या भए त्यो क्यान्सरको कारण पनि बन्न सक्छ। स्तनमा चोट लाग्दा पनि गिर्खा आउने हुनसक्छ।

स्तनमा गिर्खा आउने अर्को कारण फाइब्रोसिस्६क स्तन हो। यो अवस्थामा महिलाको स्थनमा गिर्खा वा डोटी जस्तो समस्या देखिन सक्छ। यो सामान्य अवस्था हो। त्यति खतरापूर्ण हुँदैन। यस्तो अवस्थामा लगातार स्तनमा दुखाई महशुस भइरह्यो भने चिकित्सकलाई देखाउनपर्ने हुन्छ।

स्तनको आकारमा फरक पर्ने कुनै ठोस कारण छैन। विभिन्न कारणले आकार फरक पर्नसक्छ। तर, कहिलेकाही बंसाणुगत कारणले पनि आकारमा फरक पर्नसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय