भक्तपुरमा कोरोना संक्रमित शुन्य हुँदै
भक्तपुरमा कोरोना संक्रमितको संख्या शुन्य हुँदै गएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित शुन्य भएको छ।
आजसम्म भक्तपुरका चार वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा संक्रमित संख्या शुन्य भएको छ।
सूर्यविनायक नगरपालिकामा दुईजना कोरोना संक्रमित छन्। भक्तपुर नगरपालिकामा १२ जना छन् भने मध्यपुर थिमिमा २५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
भक्तपुरमा आजसम्म जम्मा नौ हजार चार सय तीनजना संक्रमण पुष्टि भएको छ। कूल संक्रमित मध्ये एक सय २७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।