लाइसेन्स परीक्षामा एमबिबिएसका ५१० र बिडिएसका ११६ डाक्टर फेल

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५४ एमबिबिएस र ९४ जना बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन्।

यही फागुन ९, १० र ११ गते एमबिबिएस र बिडिएसका विद्यार्थीले परीक्षा दिएका थिए।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले एमबिबिएका १ हजार १ एक ६४ जना र बिडिएसका २ सय १० जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिए। उनले तीमध्ये एमबिबिएसमा ५५.७ र बिडिएसमा ४४.८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

एमबिबिएसतर्फ ५ सय १० जना फेल भएका छन्। यस्तै बिडिएसतर्फ १ सय १६ जना अनुतिर्ण भएका छन्।

हाल मेडिकल काउन्सिलमा एमबिबिएमा २४ हजार ८ सय १४ र बिडिएसमा ३ हजार ६ सय ६३ गरी २८ हजार ४ सय ७७ जना चिकित्सक दर्ता भएका छन्।

परीक्षामा उत्तिर्ण भएका र एक वर्षको इन्टर्नसिप पूरा गरेकाहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय