बाबुराम भट्टराई अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका हुन्।
उनका सहयोगी विश्वदीप पाण्डेका अनुसार आज डा. भट्टराईको आवश्यक सबै परीक्षण गरिने छ।
भट्टराई उपचारका लागि आइतबार दिल्ली गएका थिए। उनमा न्यूरो इन्डोक्राइनको ट्युमरको आशंकामा गरिएको छ।