काठमाडौं उपत्यकाका ५० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 

काठमाडौं उपत्यकाका करिब आधा स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण भएको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टिबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गरेकोमा सो तथ्य सार्वजनिक भएको हो।

अध्ययनले सम्रगमा उपत्यकाको कोभिड–१९ एन्टिबडीको संयोजित व्यापकता औसतमा ४५.३ रहेको देखाएको छ।

यसको अर्थ मंसिरको पहिलो दुई सातासम्म  ४५.३ प्रतिशतलाई संक्रमण पुष्टि भैसकेको भन्ने देखिन्छ।

अस्पतालको व्यापकता भने ३२.२ देखि ५७.२ प्रतिशत रहेको अध्ययनले देखाएको छ।

कोभिड–१९ को एन्टिबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गरिएको परिषदका कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले बताए।

सो परीक्षण त्रिवि शिक्षण अस्पताल र बायोकेमेस्ट्री विभागमा गरिएको थियो।

काठमाडौंका २० अस्पतालका ८ सय स्वास्थ्यकर्मीको नमुना सो क्रममा लिइएको थियो।

प्राप्त तथ्यांकको विष्लेषण गर्दा ३६ प्रतिशत नर्समा, १८ प्रतिशत डाक्टर, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याबका कर्मचारी, अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको पाइएको थियो।

यस्तै, पिसिआर पोजेटिभ भएका ७६.२ प्रतिशतमा मात्रै कोभिड-१९ विरुद्धको एन्टिबडी विकसित भएको अध्ययनले सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय