पछिल्लो २४ घन्टामा १ सय २५ जनालाई संक्रमण, मृत्यु शून्य
पछिल्लो २४ घण्टामा १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हाल सम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५६ पुगेको छ।
सोमबार १ हजार ५ सय २९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ६६ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ४३ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।