२ कक्षामा पढ्ने बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

डडेल्धुरामा १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरि अनुसन्धान थालिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय