बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन ९ गते १८:१९

बुटवल उद्योग वाणिज्य संघले ६८औं स्थापना दिवसको अवसरमा रक्तदान गरिएको छ। रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघले जनाएको छ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २०१० साल फागुन १० स्थापना भएको थियो।

रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे। कार्यसमिति सदस्य भेषराज गैरहेको संयोजकत्वमा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्य तथा साधारण सदस्य उद्योगी व्यबसायीको सहभागिता रहेको थियो।

रक्तदान गर्ने रक्तदातालाई त्यसै अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो। संघले स्थापना दिवसको अवसरमा साँझ सचिवालयमा दीपावली कार्यक्रमसमेत राखेको जानकारी दिएको छ।

स्थापना दिवसकै अवसरमा पूर्वअध्यक्ष सम्मान तथा बुटवल माध्यमिक विद्यालयलाई डेस्क बेन्च प्रदान गर्ने कार्यक्रमसमेत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय