आइतबार ८० संक्रमित थपिए, मृत्यु शून्य

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा नेपालमा थप ८० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ६३ हजार ४ सय ३१ जनामा संक्रमित भइसकेका छन्।

आइतबार १ हजार ४९४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।

हालसम्म  कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १२१ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर ५२ जना कोरोना संक्रमित आइसियु र १० भेन्टिलेटरमा छन्।



Leave a Reply

Your email address will not be published.