नर्भिकले सुरु गर्‍यो सुविधासम्पन्न आधुनिक ओपिडी सेवा

नर्भिक इन्टरनेशनल हस्पिटलले पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट (ओपिडी) को पूननिमार्ण गरि अझै स्तरीय, आधुनिक बनाई सेवाहरूलाई डिजीटाइन्ड गरेको छ।

नयाँ ओपिडीको सञ्चालन अस्पतालले आजबाट औपचारिक रूपमा सञ्चालन गरेको हो। यो आधुनिक ओपिडी सेवा नेपालकै पहिलो हो।

हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीको छोरी आहना चौधरीले नयाँ ओपिडीको उद्घाटन गरेकी हुन्।

मेघा चौधरीका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालार्य पूर्ण रूपमा डिजीटाइन्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरूवात गरेको हो।

अस्पतालमा बिरामीले पैसा तिरेपछि सोही अनुसारको सेवा पाउन सकुन भन्ने उदेश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रूपमा ओपिडीबाट रेनोभेसनको काम थालिएको चौधरीको बताउँछिन्।

‘अस्पताल हाताभित्र मा दुर्गन्ध आउने, मानिसहरूको अव्यवस्थित भीडभाड देखिन परम्परावादी दृश्यहरू कसैल देख्न नपरोस भन्ने उदेश्य हो,’ चौधरीले भनिन्।

अत्याधुनिक ओपिडीमा बिरामीहरूले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन।

आरामदायी ढंगले वातानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजीटल डिस्प्लेसमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध छ।

कुनै डाक्टरको अपोइन्मेन्टका लागिसमेत टोकन लिएर आफ्नो नाम डिस्प्लेसमा हेर्दै बसे पुग्छ, लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या नरहने अस्पताल प्रसाशनले जनाएको छ।

अस्पतालले प्रत्येक कन्सलट्यान्टहरू सम्म बिरामी पुग्नुभन्दा अगाडी उनीहरूको भाइटल लिनका लागि तीन वटा स्तरीय कोठासमेत त्यही तयार गरेको छ।

ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इन्चार्जको रूम पनिसँगै राखिएको छ।

आफ्ना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधा बस्नुनपर्ने अस्पताले प्रशासनले जनाएको छ।

ओपिडीको मात्र विश्वस्तरीय रूपमा पूननिर्माण र डिजीटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पतालाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पुर्ण आधुनिक बनाउने अस्पतालको योजना छ।

पूर्ण डिजीटाइज्ड स्वास्थ्य सेवा दिने उदेश्यले नर्भिकले आफ्नै मोवाइल एप्स निर्माणको काम पनि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

त्यसपछि बिरामीहरूले अस्पतालमै पुगेर डाक्टरको समय लिइराख्नु पर्दैन। एप्सबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय