त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी
त्रिभुवन विश्व विद्यालय सेवा आयोगले स्वास्थ्य क्षेत्रमा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा कर्मचारी माग गरेको छ।
आयोगले सूचना प्रकाशित गरि स्वास्थ्य क्षेत्र प्राध्यापक पदमा २, सहप्राध्यापक पदमा १, उपप्राध्यापक पदमा ५६ जनाका लागि आवेदन माग गरेको हो।
आयोगले स्वास्थ्य क्षेत्रका विषयसहित अन्य विषयतर्फ करिब ६ सय संख्यामा आवेदन खुलाएको छ। त्रिवि सेवा आयोगले प्राध्यापक पदमा क्लिनिकल माइक्रोबायोलोजी र क्लिनिकल फिजियोलोजी, सहप्रध्यापक पदमा नर्सिङ तथा उपप्राध्यापक पदमा मेडिकल बायोकेमेष्ट्रि,अर्थोपेडिक्स, इनएनटी, कार्डियोलोजी, आयुर्वेद विषयका लागि जनशक्ति मागेको हो।
इच्छुक व्यक्तिले चैत २१ गतेसम्म आवेदन दिन सक्ने छन्।