पिजीको खुलातर्फको भर्ना सूची प्रकाशित

गत पुसमा सञ्चालन भएको चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा एकिकृत प्रवेश परीक्षामा खुलातर्फ उतिर्ण भएका विद्यार्थीमध्ये योग्यताक्रम र प्राथमकिताका आधारमा प्रथम भर्ना सूची प्रकाशित भएको छ।

चिकित्सा शिक्षा आयोगले गत विभिन्न शैक्षिक कार्यक्रमका लागि पुस १८, १९ र २० गते लिइएको परीक्षामा उतिर्णमध्ये योग्यताक्रम र प्राथमकिताका आधारमा भर्नाका लागि विद्यार्थी छनौट गरिएको जनाएको छ।

छनोट भएकाहरूले फागुन १६ गतेभित्र भर्ना भइसक्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय