पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्योपचारका लागि आइतबार भारत जाँदै

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज आइतबार उपचारका लागि भारतको नयाँदिल्ली जाँदैछन्। उनी नेपाल वायुसेवाको जहाजबाट भारत जाँदैछन्।

पेटमा समस्या देखिएपछि उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्। दिल्लीमा उनको उपचार इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनी नेपालको दूतावासमा बस्नेछन्। उपचारका क्रममा उनसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय